रास्वपाले बोलायो उच्चयस्तरीय सर्वदलीय बैठक
सहयात्रा टिभी
काठमाडौँ । भदौ १६, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वदलीय बैठक बोलाएको छ।
भोटेकोसी बाढीले पुर्याएको क्षति, खोजी, उद्धार, राहत र पुनस्स्थापनाका विषयमा छलफल तथा उच्चयस्तरीय सर्वदलीय संयन्त्र गठनका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबार मंगलबार दिउँसो २ बजेदेखि बैठक सुरु हुनेछ।
आजको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरूको उपस्थिति रहने रास्वपाले जनाएको छ।
यसअघि यही भदौ ११ गते पनि रास्वपाको आह्वानमा सर्वदलीय बैठक बसेको थियो। सो बैठकले भोटेकोसी विपद्को सामना गर्न सर्वदलीय संयन्त्र बनाउने निर्णय गरेको थियो।

