भोटेकोशी बाढीका ८५ शव काठमाडौँमा पुरियो

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, भदौ १० को भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानबाट संकलितमध्ये ८५ शव काठमाडौँमा ‘व्यवस्थापन संरक्षण’ भन्दै जमिनमा पुरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएअनुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन २०८३ बमोजिम डिएनए स्याम्पल सुरक्षित राख्दै ‘व्यवस्थापन संरक्षण’ गरिएको हो । ती शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियोे ।

ती शवहरु गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित नेपाल ट्रष्ट स्वामित्वको वन क्षेत्रमा पुरिएका छन् । शवको डिएनए परीक्षणपछि आफन्तले दाबी गरेमा उपलब्ध गराइने भएको छ ।

त्यसका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी परिसरले जनाएको छ । शवहरुको व्यवस्थापन आईसीआरसी प्रोटोकल अनुसार गरिएको प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

प्रकाशित : 2 September, 2026

प्रतिक्रिया दिनुहोस्