सुरु भयो फेरि अमेरिका र इरानबिच सैन्य द्वन्द्व

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, अमेरिका र इरानबिच फेरि सैन्य द्वन्द्व चर्किएको छ।

गएराति अमेरिकाले पुनस् आक्रमण गरेपछि इरानले पनि जवाफी हमला गरेको हो।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार इरानमा पुनः आक्रमण सुरु गरेको हो।

सेन्टकमले भनेको छ, ‘इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमा आक्रमण प्रयास गरेपछि अमेरिकाले हमला गरेको हो।

आक्रमणमा बच्चासहित चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको इरानी रेड क्रेसेन्टले जनाएको छ।

इरानी रेड क्रेसेन्टले भनेको छ, ‘दक्षिणी इरानको सिरिकमा अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट निस्केको छर्रा विवाह समारोह भइरहेको घरमा लाग्यो। त्यही घटनामा ती मानिस मारिएका र घाइते भएका हुन्।’

त्यसको जवाफमा इरानले पनि इराक र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

कुवेत र बहराइनमा पनि आक्रमण गरिएको रिपोर्ट आएका छन्। आईआरजीसीले भनेको छ, ‘अमेरिका यो आक्रमणबाट पछुताउनेछ।’

इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमका अनुसार सिरिकमा गरिएको आक्रमणको जवाफमा बुधबार बिहान इरानले जोर्डनको अकाबामा रहेको अमेरिकी समुद्री अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

जोर्डनको सशस्त्र बलले १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकिएको बताएको छ। यीमध्ये दस वटा नष्ट भएका छन् भने तीनवटा दुर्गम क्षेत्रमा खसेका छन्।

इरानी आक्रमणमा कुनै मृत्यु वा घाइते भएको कुनै रिपोर्ट आएको छैन। यसैबिच कुवेती सेनाले बुधबार बिहान इरानी क्षेप्यास्त्र आक्रमणको जवाफमा आफ्नो हवाई रक्षा प्रणाली सक्रिय रहेको बताएको छ।

 

प्रकाशित : 2 September, 2026

प्रतिक्रिया दिनुहोस्