भारतले पठाएको पाँचौं खेपको राहत सामग्री आइपुग्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, भारतले पठाएको पाँचौं खेपको राहत सामग्री काठमाडौं आइपुगेको छ।

भारतले राहत सामग्रीसहित पठाएको ११ सदस्यीय उद्धार टोली बुधबार काठमाडौं अवतरण गरेको हो।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सुरुङ उद्धारका लागि दक्ष ११ सदस्यीय टोली उपकरण तथा औषधिसहित नेपाल आइपुगेको जानकारी दिएका छन्।

भारतले बुधबार बिहान उद्धार टोली, आवश्यक उपकरणसहित ५/५ टनको अत्यावश्यक राहत सामग्री काठमाडौं पठाएको छ।

 

 

प्रकाशित : 2 September, 2026

प्रतिक्रिया दिनुहोस्