हामी गुनासोबाट विचलित भएका छैनौं : प्रधानमन्त्री शाह
सहयात्रा टिभी
काठमाडौँ । भदौ १७, प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिपछि उद्धार र राहतका विषयमा आएको गुनासोबारे आफू जानकार रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा भोटेकोसी बाढीले पुर्याएको जनधनको क्षति र उद्धारका कार्यबार प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले सुरुङ उद्धारमा भएको ढिलाइको विषयमा आएको गुनासोबारे जानकारी भएको बताएका हुन्।
‘टनेलमा आएको विपत्ति विशेष किसिमको छ,’ प्रधानमन्त्री शाहले भने, ‘ढिलाइबारे जुन गुनासो आएको छ, त्यो पूर्ण रुपमा बुझ्छौं। हामी गुनासोबाट विचलित भएका छैनौं।’
त्यस्तै, उनले प्रदेश र स्थानीय सरकारसँगको समन्वयका विषयमा पनि प्रस्टीकरण दिएका छन्। उनले प्रदेश र स्थानीय सरकारसँग समन्वय भइरहेको र अबका दिनमा पनि गर्ने बताएका छन्।
उनले खोज तथा उद्धारमा खटिइरहेका सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न आग्रह गरेका छन्।

