नागढुंगा चेकपोस्टको तल करिब ८० मिटरजति सडक भासियो

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, काठमाडौँको नागढुंगा चेकपोस्ट नजिक सडक भासिएको छ।

बुधबार बिहान नागढुंगा चेकपोस्टको तल करिब ८० मिटरजति लम्बाइ र तीन मिटरजति चौडाइ भएर सडक भासिएको नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर राजिव मानन्धरले जानकारी दिए।

अहिले सडक विभागको टोली भासिएको सडकको अवस्था अवलोकन गर्न आउँदै गरेको उनले बताए। ‘त्यसपछि के गर्ने भन्ने टुंगो लाग्छ,’ मानन्धरले भने।

प्रकाशित : 2 September, 2026

प्रतिक्रिया दिनुहोस्