एसीसी प्रिमियर कपमा नेपालले दोस्रो जित हात पारे

सहयात्रा टिभी

काठमाडौँ । भदौ १८, एसीसी प्रिमियर कपमा नेपालले दोस्रो जित हात पारेको छ ।

आयोजक मलेसियालाई नेपालले ६ विकेटको फराकिलो अन्तरले हराएको हो ।

पहिलो ब्याटिङ गर्दै मलेसिया १०३ रनमा समेटिएको थियो । नेपालले ४ विकेट गुमाएर २१।४ ओभरमा लक्ष्य भेट्यो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले अविजित ४५ रन बनाए । यस्तै, इशान पाण्डेले २० रनको योगदान दिए । बलिङमा नेपालका करण केसीले ४ विकेट लिएका थिए ।

प्रकाशित : 3 September, 2026

प्रतिक्रिया दिनुहोस्