आफूमाथि गरेकोविश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु : गृहमन्त्री गुरुङ

सहयात्रा टिभी

काठमाडौँ । भदौ २३, गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन् ।

जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर । जरी त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ गृहमन्त्री गुरुङले भने ।

उनले आफू मन्त्री, दाइ, भाइ, छोरा रहेको बताउँदै गोली चलेमात्रै आफू ढल्ने र देशमा अहिले गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने जिकिर गरे ।

 

 

 

प्रकाशित : 8 September, 2026

प्रतिक्रिया दिनुहोस्