संसदमा बालेनप्रति शहीदकी आमाको आक्रोश शहीदले न्याय कति वर्षमा पाउँछ
सहयात्रा टिभी
काठमाडौँ । भदौ २४, बालेनप्रति संसदमा शहीदकी आमाको काठमाडौं । जेन-जी शहीदकी आमाले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेकी छन् ।
रास्वपा सांसद रहेकी रचना खतिवडा खत्रीले प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाएकी हुन् ।
उनले भनिन्, ‘जेन-जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एकदिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा-भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ?’
उनले प्रधानमन्त्री शाहसमक्ष सदनबाट दुईवटा प्रश्न सोधिन् ।
‘शहीदले न्याय कति वर्षमा पाउँछ रु शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष आक्रोश- एक वर्षपछि श्रद्धाञ्जली, परिवार भेट्न कति वर्ष ?

