प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अग्रवाल सेवा केन्द्रको ४१ लाख सहयोग

सहयात्रा टिभी

काठमाडौँ । भदौ २५, रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अग्रवाल सेवा केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४१ लाख रुपैयाँ सहयोग गरेको छ।

अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले सदस्यहरूको तर्फबाट उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष हस्तान्तरण गरेका हुन् । सो अवसरमा ‘युवा मञ्च’ को तर्फबाट वितरण गरिने थप १० लाख रुपैयाँ बराबरको राहत सामग्रीका विषयमा समेत अर्थमन्त्री वाग्लेलाई जानकारी गराइएको थियो।

विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अग्रवाल सेवा केन्द्र र युवा मञ्चले राहत सहयोग अघि बढाएका हुन् । भोटेकोशीका आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति पुगेको छ ।

प्रकाशित : 10 September, 2026

प्रतिक्रिया दिनुहोस्