प्रतिनिधिसभाको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । भदौ २६, सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्नेछ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रतिनिधिसभाको बैठकसँगै आज सङ्घीय संसद्का विभिन्न छवटा समितिको बैठकसमेत बस्ने कार्यक्रम रहेको छ। समितिका बैठकमा सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने जनाइएको छ।

प्रकाशित : 11 September, 2026

प्रतिक्रिया दिनुहोस्