राजनीतिक विश्लेषक दाहाललाई रिहा गर्न परमादेश जारी
सहयात्रा टिभी
काठमाडौँ । असोज ८, सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ ।
छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले रिट जारी गरेको हो ।
दाहाललाई थुनामा राखिराख्नुपर्ने आधार र कारण नदेखिएको ठहरसहित आजैका मितिबाट तारेखमा राख्न भनिएको छ ।
सर्वोच्चको आदेशमा दाहालले संविधान र कानुनविपरीत हिंसात्मक आन्दोलनको आह्वान गरेको नदेखिएको उल्लेख छ ।
काठमाडौं जिल्ला अदालतले पहिलो पटक ३ दिनको म्याद थप गर्दा बयान कार्य सम्पन्न गर्नसमेतका लागि भन्ने आधार लिएको भए पनि दाहालको बयान ६ गते नै सम्पन्न भइसकेको अदालतले स्मरण गराएको छ।
दाहालले ‘ग्रे(जोन’ को रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेका थिए । उनलाई साइबर अपराधको कसुरमा ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो ।

