वर्षाका कारण काठमाडौंको फोहोरमैला ढुवानी गर्न प्रभावित

सहयात्रा टिभी

काठमाडौँ । असोज ९, वर्षाका कारण सिस्डोलस्थित ल्याण्डफिल्ड साइटमा लेदोसहितको पानी बग्न थालेको छ । जसले गर्दा फोहोर ढुवानी तथा बिसर्जनको काम रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले केही समय फोहोर बिसर्जनको काम रोकिने भन्दै घर बाहिर फोहोर ननिकाल्न अनुरोध गरेको छ । महानगरले आफ्नो घर पसल व्यवसाय तथा कम्पाउण्डबाट फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला नाला र खुला स्थानमा नफाल्न अनुरोध गरेको छ ।

वर्षा र ल्याण्डफिल्ड साइटको अवस्था सामान्य हुनासाथ फोहोर संकलन र ढुवानी नियमित हुने महानगरले जनाएको छ ।

 

प्रकाशित : 25 September, 2026

प्रतिक्रिया दिनुहोस्