कुलेखानी ड्यामको पानीको सतह बढेपछी सतर्क रहन आग्रह
सहयात्रा टिभी
काठमाडौँ । असोज ११, असोज ११, लगातार भइरहेको वर्षाका कारण कुलेखानी ड्यामको पानीको सतह बढेर १ हजार ५२६ मिटर पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रले पानीको सतह अझै बढ्न सक्ने भन्दै सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ ।
ड्याममा पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइन्छ । जलविद्युत् केन्द्रले उक्त सूचना अन्य व्यक्तिसम्म पनि पुर्याई सम्भावित जोखिमबाट सबैलाई सुरक्षित राख्न सहयोग गर्न अनुरोध गरेको छ ।
जलाशयको पानीको सतह बढिरहेकाले ड्याम आसपास तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

