आजदेखि वीरगञ्जमा जनमतको दोस्रो महाधिवेशन
सहयात्रा टिभी
काठमाडौँ । असोज १७, जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा हुँदैछ ।

असोज ९ गतेका लागि तय भएको महाधिवेशन अविरल वर्षाका कारण सारिएको हो । महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ । विभिन्न पदमा १ सय ३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ ।
सात उपाध्यक्षका लागि १४, महासचिवका लागि ३, उपमहासचिवम दुई र सात सचिव पदका लागि १० उम्मेदवारी मनोनयन भएको छ । कार्यकारिणी समिति सदस्यमा ७३ उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष सहित सबै पदमा निर्वाचन हुने र कम्तीमा २० प्रतिशत मत ल्याउनै पर्ने प्रावधान छ ।
