डा. मिनेन्द्र रिजालले भेटे गगन, उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै

सहयात्रा टिभी

काठमाडौँ । असोज २१, नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने भएका छन् । उनले पार्टी सभापति र सभापतिका उम्मेदवार गगन थापासँग सम्वादपछि उम्मेदवारी फिर्ता लिने घोषणा दिएका हुन् । उनले आज उम्मेदवारी फिर्ता लिनेछन् ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा रिजालले उपसभापतिमा उम्मेदवारी दिएका थिए । सभापति थापासँग भएको सम्वादको भिडियो सार्वजनिक गर्दै रिजालले भनेका छन्, ‘अहिले म आकांक्षीको रहरबाट अलग भए भएँ, बाँकी कुरा सभापतिले पार लगाउनेमा ढुक्क छु ।’

उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको, विशेषबाट सभापति भएपछि सभापति गगन थापासँग सम्पर्क टुटेको र अदालतको फैसला सम्मान गर्नुको विकल्प नभएको बताउँदै फेरि कांग्रेसमै जोडिनुको विकल्प नभएको बताएका छन् ।

रिजालसँगको सम्वादपछि सभापतिका उम्मेदवार थापाले सबै नेताहरुको क्षमताअनुसारका व्यवस्थापनबारे आफ्नो धारणा र मान्यता कायम रहेको भन्दै रिजाललाई धन्यवाद दिएका छन् ।

प्रकाशित : 7 October, 2026

प्रतिक्रिया दिनुहोस्