देवराज चालिसेले लिए आफ्नो उम्मेदवारी फिर्ता

सहयात्रा टिभी

काठमाडौँ । असोज २१, कांग्रेसको जारी महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

उनले केहीबेर अघिमात्रै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका हुन् । सभापति गगन थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।

हिजो उनले खुला उपसभापति पदमा उम्मेदवारी दिएका हुन् । चालिसे पुसमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टी प्रवक्ता चुनिएका थिए ।

प्रकाशित : 7 October, 2026

प्रतिक्रिया दिनुहोस्