आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
सहयात्रा टिभी
काठमाडौँ । असोज २३, दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। टिकट बुकिङ खुल्ने अघिल्लो रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको भीड लागेको छ।

यात्रुको चाप व्यवस्थापन गर्न लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको छ। यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउन आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिबीच असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
