आईपीयूको १५३ औं सभामा सहभागी भएर स्वदेश फर्किए सभामुख
सहयात्रा टिभी
काठमाडौँ । असोज २७, अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल स्वदेश फर्किएका छन् ।

उनी १८ असोजमा नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।
तान्जानियाको अरुशा शहरमा आयोजना भएको महासभामा सभामुख अर्यालले ‘समावेशीता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने’ विषयक जेनरल डिबेटमा मन्तव्य राखेका थिए ।
साथै, नेपालले एर्मजेन्सी एजेण्डाको रुपमा ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ लगायतका विषयमा उनले आफ्ना कुरा राखेका थिए ।
यो प्रस्ताव दुई तिहाइको मतले समर्थन गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
