खगेन्द्र सुनारले इन्कार गरेपछि छुट्टै छानबिन समिति गठन
सहयात्रा टिभी
काठमाडौँ । असोज २९, आफ्ना सांसद खगेन्द्र सुनारको महिला हिंसासम्बन्धी अडिओ प्रकरण अनुसन्धानको जिम्मेवारी पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ।

आज (बिहीबार) बसेको अनुशासन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य सुनार र उनीबाट पीडित भनिएको महिलाको अडिओरभिडिओको प्राविधिक जाँच गर्न आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
उनका अनुसार आरोपित सुनारले अडिओको स्वर आफ्नो होइन भनेर इन्कार गरेका कारण यसको प्राविधिक जाँच गर्नुपर्ने भएको हो।
‘उहाँ (सुनार) ले इन्कार गरेपछि अनुसन्धान दोस्रो चरणमा प्रवेश गर्यो। यसैकारण अडिओरभिडिओको स्वतन्त्र प्रमाण खोज्नुपर्ने भएको हो’ , ती सदस्यले थपे, ‘यत्रो जनताले हामीलाई विश्वास गरेका छन्। पार्टीले विश्वास गरेको छ।
देशले विश्वास गरेको छ। तपाईंहरूले विश्वास गर्नुभएको छ। हामीले त्यत्तिकै बोल्दिन त भएन। हामीले अहिले गहिराइमै जानुपर्ने देखियो। त्यसका लागि छुट्टै छानबिन समिति बनाएका हौँ।’
उनका अनुसार अनुसन्धानका बाँकी काम अब छानबिन समितिले गर्नेछ। यसले रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगलाई दिनेछ। अनि आयोगले समग्रमा हेरेर निष्कर्ष निकाल्छ।
यद्यपि यी सबै काम दसैँअघि पूरा नहुने पनि उनले बताए। यो पनि खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ, तीन विषयलाई नोटिसमा राखेर हुँदैछ छानबिन
