काठमाडौंबाट ओखलढुंगा गइरहेको बस खुर्कोटमा दुर्घटना

सहयात्रा टिभी

काठमाडौँ । असोज ३०, काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार दिउँसो बस दुर्घटनामा परेको हो ।दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा गाडी ब्याक गर्दा दुर्घटना भएको थियो ।घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित : 16 October, 2026

प्रतिक्रिया दिनुहोस्