यस्तो बन्यो कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (पूर्ण विवरणसहित)
सहयात्रा टिभी
काठमाडौँ । असोज ३१, नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार पार्टीको नेतृत्व सम्हाल्ने गरी सभापति पदमा गगनकुमार थापा निर्वाचित भएका छन्।

महाधिवेशनबाट वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै उपसभापतिका अन्य पदहरूमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्।
तीन महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) विजयी बनेका छन्। यसैगरी सहमहामन्त्री पदमा प्रतिमा गौतम, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, बहादुरसिंह लामा, प्रकाश रसाइली (स्नेही), अजयकुमार चौरसिया, मनोजमणि आचार्य, योगेन्द्र चौधरी, डा. फिरदोश आलम, जीवनबहादुर शाही र आङ्गेलु शेर्पा निर्वाचित भएका छन्।
महाधिवेशनमार्फत खुला, महिला तथा विभिन्न समावेशी समूह—आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक तथा अपाङ्गता—का साथै सातै प्रदेश, ३५ वर्षमुनिका युवा, विदेशस्थित जनसम्पर्क समिति, पेसागत क्षेत्र र श्रमिक क्षेत्रबाट केन्द्रीय सदस्यहरूको प्रतिनिधित्व सुनिश्चित भएको छ।
काठमाडौँ उपत्यका महिला समूहबाट प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्। विधानबमोजिम कार्यसमितिका केही पदहरूमा भने मनोनीत गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नामावली :
पदाधिकारी
- सभापति : गगनकुमार थापा
- उपसभापति :
- विश्वप्रकाश शर्मा (वरिष्ठ उपसभापति, निर्विरोध)
- पुष्पा भुसाल (महिला उपसभापति, निर्विरोध)
- डा. चन्द्रकान्त भण्डारी
- ई. मधु आचार्य
- विनोद चौधरी
- महामन्त्री :
- प्रदीप पौडेल
- उदयशमशेर जबरा
- डा. डिला संग्रौला (पन्त)
- सहमहामन्त्री :
- प्रतिमा गौतम
- रामहरि खतिवडा
- अजयबाबु शिवाकोटी
- बहादुरसिंह लामा
- प्रकाश रसाइली (स्नेही)
- अजयकुमार चौरसिया
- मनोजमणि आचार्य
- योगेन्द्र चौधरी
- डा. फिरदोश आलम
- जीवनबहादुर शाही
- आङ्गेलु शेर्पा
- केन्द्रीय सदस्यहरू
१. महिला खुला (१५ जना)
१. वासना थापा, २. उर्मिला थपलिया, ३. निमा गिरी, ४. कुसुमदेवी थापा, ५. धनाकुमारी खतिवडा, ६. अनिता देवकोटा, ७. लक्ष्मी पाण्डे, ८. सृजना अधिकारी, ९. मुना भुसाल, १०. चिनी पोखरेल (चिनु), ११. कल्पना तिवारी, १२. रीता थापा मगर, १३. गंगा दाहाल, १४. उमा दाहाल, १५. कान्तिका सेजुवाल।
२. खुला तर्फ (४५ जना)
१. चिरिबाबु महर्जन, २. निष्कल राई, ३. इन्द्रबहादुर बानियाँ, ४. प्रा.डा. गोविन्द पोखरेल, ५. ई. मोहन आचार्य, ६. जितनारायण श्रेष्ठ, ७. प्रबल थापा, ८. गणेश लामा, ९. राजीव कोइराला, १०. हिमालदत्त श्रेष्ठ, ११. डा. शोभाकर पराजुली, १२. विद्वान गुरुङ, १३. अर्जुनप्रसाद जोशी, १४. ई. अमृत ज्ञवाली, १५. ई. नवराज त्रिपाठी, १६. सन्दीप राना, १७. भरतकुमार शाह, १८. नरेन्द्रकुमार केरुङ, १९. मिनकृष्ण महर्जन, २०. बलदेव तिमिल्सिना, २१. महेश खरेल, २२. जन्मजय तिमिल्सिना, २३. युवराज पाण्डेय, २४. कुमार लुइटेल, २५. ई. ऋषि कोइराला, २६. ई. दीपकबाबु कँडेल, २७. उज्ज्वलप्रसाद बराल, २८. किरण केसी, २९. दीपक भट्टराई, ३०. महेन्द्रकुमार शर्मा, ३१. डा. सुरजराज काफ्ले, ३२. डा. मुकेशराज काफ्ले, ३३. मदनकृष्ण श्रेष्ठ, ३४. प्रमोदहरि गुरागाईं, ३५. लेखनाथ पोखरेल, ३६. किरणकिशोर घिमिरे, ३७. रवि सिंह, ३८. डा. कृष्णप्रसाद पौडेल, ३९. तिलबहादुर रानाभाट, ४०. प्रदीपकुमार सुनुवार, ४१. प्रकाश सिंह कार्की, ४२. डा. मुक्तिराज श्रेष्ठ, ४३. कृष्ण रिजाल, ४४. निलकण्ठ रिजाल, ४५. सुधांशु कोइराला।
३. आदिवासी जनजाति खुला (१२ जना)
१. तीर्थ लामा, २. ई. अनुप श्रेष्ठ, ३. डा. प्रेमध्वज लामा, ४. कर्माछिरिङ शेर्पा, ५. टेकप्रसाद गुरुङ, ६. भीम श्रीस मगर, ७. रामकृष्ण चित्रकार, ८. बुद्ध लामा, ९. गल्जे लामा (शेर्पा), १०. वंशलाल तामाङ, ११. अमृत गुरुङ, १२. सुशील गुरुङ।
४. आदिवासी जनजाति महिला (८ जना)
१. गीता गुरुङ, २. डा. गंगालक्ष्मी अवाल, ३. रेनुका काउँचा, ४. सपना राजभण्डारी जोशी, ५. सीताकुमारी राना, ६. प्रमिला राई, ७. लीलादेवी बोखिम लिम्बु, ८. पुनम लामा।
५. दलित महिला (५ जना)
१. सीता मिजार, २. शान्ति परियार विक, ३. रूपा विक, ४. कमला नेपाली, ५. छाया सुनार।
६. दलित मधेसी (१ जना)
१. धमेन्द्र पासवान।
७. दलित खुला (८ जना)
१. डा. डीबी सुनार, २. सागर परियार, ३. शरिशरण नेपाली, ४. शिवबहादुर सुनार, ५. मन्जित ताम्राकार, ६. राजु परियार, ७. अम्बरबहादुर बराइली, ८. दीपक सोनी।
८. मधेसी खुला (८ जना)
१. अनिलकुमार रुंगटा, २. रामकृष्ण यादव, ३. डा. गरिवदास ठाकुर, ४. दिनेशकुमार यादव, ५. जितेन्द्रनारायण देव, ६. असर्फी शाह, ७. अशोककुमार शाह, ८. उमेशचन्द्र यादव।
९. मधेसी महिला (५ जना)
१. डा. मधुकुमारी ठाकुर, २. रेखाकुमारी यादव, ३. अञ्जु झा, ४. मिनाक्षी झा, ५. गीताकुमारी यादव।
१०. खसआर्य खुला (१० जना)
१. ई. लक्ष्मण केसी, २. भीम पराजुली, ३. जगदीशचन्द्र उपाध्याय, ४. राजेन्द्र केसी, ५. जनार्दनसिंह क्षेत्री, ६. उत्तमराज जोशी, ७. अनुज चापागाईं, ८. कृष्णप्रसाद कोइराला, ९. माइकल रामचन्द्र अर्याल, १०. गणेश सापकोटा।
११. खसआर्य महिला (८ जना)
१. डा. भद्रा पराजुली भण्डारी, २. जानुका पन्त, ३. गीता देवकोटा, ४. कृष्णकुमारी बस्नेत, ५. विनिता अधिकारी, ६. जानकी सिंह, ७. देवकी गौतम, ८. चम्पादेवी खड्का।
१२. थारु खुला (४ जना)
१. डा. भोगेन्द्रप्रसाद चौधरी, २. जनकराज चौधरी, ३. वेदनारायण गच्छदार, ४. साजनकुमार महतो।
१३. थारु महिला (२ जना)
१. डा. जीवन राना, २. डा. प्रमिलाकुमारी गच्छदार।
१४. मुस्लिम खुला (३ जना)
१. डा. अताबुल मंसुरी, २. मो. इर्शाद अन्सारी, ३. अब्दुल रज्जाक गद्दी।
१५. मुस्लिम महिला (२ जना)
१. जमिला खातुन, २. सनम बेगम।
१६. पिछडिएको क्षेत्र (२ जना)
१. दीपकजंग शाह (खुला), २. सुशीला बम (महिला)।
१७. अल्पसंख्यक / अपाङ्गता (२ जना)
१. अर्जुन शेरचन, २. प्रकाश पन्थ।
१८. कोशी प्रदेश (६ जना)
१. डम्बरबहादुर खड्का, २. मेदनीप्रसाद सिटौला, ३. दीपनकुमार श्रेष्ठ, ४. मृदुला कोइराला, ५. ई. हेमकाजी बस्नेत, ६. डा. याशिका भट्टराई।
१९. मधेस प्रदेश (६ जना)
१. डा. अञ्जनीकुमार झा, २. शम्भुबहादुर बुढाथोकी, ३. विनोद खनाल, ४. मेघा शाही, ५. गौरव पाण्डे, ६. ममता शर्मा।
२०. बागमती प्रदेश (६ जना)
१. प्रा.डा. सूर्यकान्त घिमिरे, २. ई. रोहित पौडेल, ३. सन्तोष चालिसे, ४. हरिप्रभा खड्की, ५. अंशुल केसी, ६. रजनी थापा।
२१. गण्डकी प्रदेश (६ जना)
१. किरणबाबु श्रेष्ठ, २. रेशमबहादुर बानियाँ, ३. खुमाप्रसाद अर्याल, ४. सरस्वती अर्याल तिवारी, ५. ई. सुवास पौडेल, ६. डा. कला पन्त।
२२. लुम्बिनी प्रदेश (६ जना)
१. कमलकिशोर घिमिरे, २. अमरबहादुर भण्डारी, ३. प्रचण्डविक्रम न्यौपाने (गुण्टु), ४. बालकुमारी भण्डारी, ५. अनुराग खड्का, ६. सुष्मा पाण्डे।
२३. कर्णाली प्रदेश (६ जना)
१. राजीवविक्रम शाह, २. खड्गबहादुर शाही, ३. दिक्पालकुमार शाही, ४. रामदेवी खड्का, ५. मोहन राना, ६. भगवती शाही।
२४. सुदूरपश्चिम प्रदेश (६ जना)
१. जनक चटौत, २. दिवानसिंह विष्ट, ३. बहादुरसिंह थापा, ४. अम्बिकाकुमारी चलाउने, ५. रीता शाही, ६. ई. भुवन भट्ट।
२५. सात प्रदेशबाट ३५ वर्षमुनिका युवा (७ जना)
१. सचिन तिमल्सेना, २. ई. अभिषेक आत्रेय, ३. सुशील भट्ट, ४. डा. आयुस बगाले, ५. आदर्श मल्ल, ६. ई. रोशन बस्नेत, ७. ई. सैलेश मिश्र।
२६. नेपाली जनसम्पर्क समिति (७ जना)
१. सीता सापकोटा घिमिरे, २. चन्द्रा अधिकारी, ३. जितेन्द्रविक्रम शाही, ४. सीए विद्या भूषण कार्की, ५. पुरुषोत्तम खनाल, ६. डा. बलराम श्रेष्ठ, ७. बालकृष्ण पाण्डे।
२७. पेसागत क्षेत्र खुला (५ जना)
१. डा. केदारनरसिंह केसी, २. प्रा.डा. जगदीशचन्द्र पोखरेल, ३. वरिष्ठ अधिवक्ता सीताराम केसी, ४. डा. प्रदीप मिश्र, ५. केशव निरौला।
२८. पेसागत क्षेत्र महिला (२ जना)
१. डा. सीता पोख्रेल घिमिरे, २. बाला अधिकारी।
२९. श्रमिक तथा अन्य विशेष क्षेत्र (७ जना)
१. खिलानाथ दाहाल, २. योगेन्द्रकुमार कुँवर, ३. सीतादेवी काफ्ले, ४. मोहनबहादुर बस्नेत, ५. सत्यनारायण माझी थारु, ६. बालकृष्ण दाहाल, ७. जनार्दन अर्याल।
३०. काठमाडौँ उपत्यका महिला (१ जना, निर्विरोध)
१. प्रा.डा. अमिता प्रधान शाक्य।
