तातोपानी नाका आजदेखि तीन दिन खुल्ने
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १, चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका लागि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आज कात्तिक १ गतेदेखि ३ गतेसम्मका लागि नाका खुला रहनेछ।

यस अवधिमा केवल मालवाहक सवारीसाधनहरूलाई मात्र आवतजावतको अनुमति दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार नेपाली पक्षले गरेको आग्रहलाई स्वीकार गर्दै चिनियाँ पक्ष नाका अस्थायी रूपमा खोल्न सहमत भएको हो।
चाडपर्वको समयमा बजारमा सामानको सहज आपूर्ति व्यवस्थापन गर्न तथा नेपाल–चीनबीचको व्यापारिक आवागमनलाई सहजीकरण गर्न यो निर्णयले राहत पुग्ने विश्वास मन्त्रालयले लिएको छ।
