जनकपुर बोल्ट्सले एनपीएलमा पहिलो जित हासिल

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौं गोखार्जलाई आठ विकेटले हराएको छ। यसअघि जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौंले भने हारबाट एनपीएलको सुरुवात गरेको छ।

काठमाडौंले दिएको ११६ रनको सामान्य लक्ष्य जनकपुरले १७/२ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि मोइन अली र सैफ हसनले ७९ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टाएको हो।

मोइन ५१ बलमा तीन चौका र तीन छक्का सहयोगमा ५८ रनमा अविजित रहे। सैफ ३९ बलमा एक चौका र तीन छक्का हान्दै ४० रनमा नटआउट रहे।

ओपनर तृतराज दास पाँच रनमा क्याच आउट भए। मयन यादव नौ रनमा रन आउट भए। काठमाडौंका लागि रिपोन मण्डन एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं तीन बल अगावै ११५ रनमा अलआउट भयो। एनपीएलको पहिलो सिजनमा पनि काठमाडौं जनकपुरसँग १०१ रनमा रनआउट भएको थियो।

प्रकाशित : 29 October, 2026

प्रतिक्रिया दिनुहोस्