जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय गर्न बैठक बोलाइयो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १३, जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।

संसदीय सुनुवाइ समितिका उपसचिव जगदिश न्यौपानेले सूचना जारी गरी असोज १६ गते बैठक बोलाइएको जनाएका छन्। सार्वजनिक लेखा समितिको सभाकक्षमा असोज १६ गते दिउँसो ३ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो।

बैठकको एजेन्डामा जापानका लागि प्रस्तावित राजदूत थापाका सम्बन्धमा संसदीय सुनुवाइ गर्ने उल्लेख छ। यसअघि संसदीय सुनुवाइ समितिले थापाको सुनुवाइ ‘होल्ड’मा राखेको थियो।

उनीविरुद्ध जापानको पीआर लिएको उजुरी परेको थियो। त्यसबारे संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारलाई पत्राचार गरेको थियो।

त्यससँगै थापाको जापानको स्थानीय सरकारमा बसेका काम गरेको विषयमा पनि दोस्रो पटक पत्राचार गरेको थियो। तर, त्यसबारे जापान सरकारले जानकारी दिएको छैन।

सरकारले गत असोज २ गते थापासहित १३ जनालाई विभिन्न देशको राजदूतका लागि प्रस्ताव गरेको थियो। त्यसमध्ये १० जनालाई संसदीय सुनुवाइ समितिले स्वीकृत गरिसकेको छ।

त्यस्तै, संसदीय सुनुवाइ समितिले दुई जनालाई अस्वीकृत गरिसकेको छ। अब थापाको मात्रै बाँकी छ।

प्रकाशित : 30 October, 2026

प्रतिक्रिया दिनुहोस्