देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १३, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ ।

देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो ।

देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए ।

उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरेको छ ।

निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमा गरिने छ । यस्तै राष्ट्रियसभामा पदाधिकारी चयनका लागि मतदान हुने छ ।

भृकुटीमण्डप महाधिवेशन प्रतिनिधिहरूलाई खानाको ब्यवस्थाका लागि बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिए ।

१५ असोजबाट वडा अधिवेशन सुरु गरेको देउवा समूहले १५ कात्तिकमा जिल्ला अधिवेशन तोकेको छ ।

प्रकाशित : 30 October, 2026

प्रतिक्रिया दिनुहोस्