बिहीबारदेखि जावलाखेलमा ‘१९औं फूल प्रदर्शनी २०८३’ सुरु

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १३, नजिकिँदै गरेको चाड तिहार तथा छठ पर्व लक्षित गर्दै हिजो बिहीबारदेखि ललितपुर जावलाखेल खेल मैदानमा ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३’ सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको उक्त मेला पाँच दिन अर्थात् १६ कात्तिकसम्म चल्ने छ । पुष्प मेलाको आज दोस्रो दिन हो । आज बिहानैदेखि पानी परे पनि पुष्प मेला हेर्न तथा बिरुवा किन्न सर्वसाधरण पुगिरहेका छन् ।

मेलामा ८६ वटा प्रदर्शनी कक्ष (स्टल) छन् । जसमा व्यावसायिक स्टल ७८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४, प्लान्ट क्लिनिक १ र फोटो सेल्फी स्टल १ छन् ।

मेलामा यस वर्ष भित्रिएका नयाँ प्रजातिका गोदावरी सहित ४ सय ५० भन्दा बढी प्रकारका फूल बिरुवा, सयपत्री, मखमली, अन्य सिजनल फूल तथा आलंकारिक बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरण हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीलाई ३९ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र मेला अवधिभरि १ करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित : 30 October, 2026

प्रतिक्रिया दिनुहोस्