२०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६ नोभेम्बर २ तारिख। कार्तिक कृष्ण पक्षको अष्टमी तिथि। राधाष्टमी व्रत र गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ । हरेक काममा अवरोध देखिने छन् । निर्णय क्षमताको आवश्यकता देखिन्छ । मनमा धेरै खटपटी हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ ।

वृष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ । सहकार्यमा अगाडि बढ्दा फाइदा हुनेछ ।

मिथुन : मनमा उत्साह बढ्नेछ । साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ । शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ । समयको सदुपयोग गर्नुपर्ने दिन छ ।

कर्कट : आज तपाईंको दिन राम्रो छ । लामो यात्रा हुनेछ । शिक्षामा सफलता प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ ।

सिंह : दिन सामान्य छ । खर्च बढ्नेछ । सोचेर निर्णय गर्नुपर्ने दिन हो । अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ । परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ । लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ ।

कन्या : दिन राम्रो छ । लामो समय रोकिएको कामको सुरुवात हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । वैदेशिक क्षेत्रमा नाफा हुनेछ । विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ । व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुला : दिन राम्रो छ । आफन्तको सहयोग मिल्नेछ । लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : पठनपाठनमा रुची बढ्नेछ । लगानी र श्रमको उचित मूल्यांकन हुनेछ । काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनु : यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ । मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ । प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । मनको चिन्ता हट्नेछ । सन्तान सुख मिल्नेछ । धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

कुम्भ : शत्रु बढ्नेछन् ।कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ । कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीले उत्साह बढ्नेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ ।

मीन : दिन राम्रो छ । दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ । धोरै बोलेर धेरै मिहिनेत गर्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

प्रकाशित : 2 November, 2026

प्रतिक्रिया दिनुहोस्