सुनको मूल्य बढ्यो, चाँदी घट्यो
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १७, मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७४ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६७५ रुपैयाँमा कायम भएको छ ।
