नागढुंगा सुरुङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरु
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १७, नागढुंगा सुरुङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरु भएपछि सवारीसाधनको चाप बढेको छ । कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल महसुल उठाउन थालिएको हो ।

टोल शुल्क नगद तथा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था भए पनि शुल्क संकलनका क्रममा समय लाग्दा सुरुङमार्गको प्रवेशद्वारमा सवारीसाधनको चाप बढेको हो ।
विशेषगरी टोल शुल्क भुक्तानी र त्यसको प्रक्रिया पूरा गर्न लाग्ने समयका कारण सवारीसाधन लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
टोल शुल्क संकलन प्रक्रियालाई छिटो र सहज बनाउन सके सवारी चाप कम हुनुका साथै यात्रुले भोग्नुपरेको सास्तीसमेत घट्ने देखिन्छ ।
