नवनियुक्त महानिरीक्षक केसीले आजै पदभार ग्रहण गर्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १८, नवनियुत्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन् ।

केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

प्रकाशित : 4 November, 2026

प्रतिक्रिया दिनुहोस्