आज गोवर्धन पुजासंगै देउसी र भैलोको रौनक बढ्यो

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २४, आज म पुजा संगै गोरुको पुजा गरी मनाइदै छ । आज गोवर्धन पुजासंगै देउसी र भैलोको रौनक बढेको छ ।

चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदै छ।

पहिलो दिन धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ। यही परम्पराअनुसार बजारमा धनतेरसका लागि सुनचाँदीका गरगहना तथा विभिन्न धातुका सामग्रीको किनमेल भएको थियो।

आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरी भइलो खेलिने चलन छ। सोहि अनुसार सोमबार गाईलाई मिठामिठा परीकार खुबाइ पुजा आजा गरेर मनाइयो । गाईको पुजा गरिसके पछि देउसि र भैलो खेलिने चलन छ । संस्कृतीलाई जगेर्ना गर्दै आज गोरु पुजा र गोवर्धन पुजा संगै म पुजा गरी मनाइदै छ । यस वर्ष कात्तिक २५ गते भोली भाइटीका परेको छ। आज विभिन्न स्थानमा देउसी र भैलोको रौनक बढेको छ ।

यसरी धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइपूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छ।

प्रकाशित : 10 November, 2026

प्रतिक्रिया दिनुहोस्