पार्टी सधै सरकारको साथमा रहने रास्वपा महामन्त्रीको दाबी

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको दाबी गरेका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री आचार्यले यस्तो बताएका हुन् ।

उनले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति चित्त नबुझे फरक मत राख्दै प्रश्न उठाउनु विरोध नभएको पनि टिप्पणी गरे । पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए ।

महामन्त्री आचार्यले रास्वपा सुशासनको मुद्दालाई मुख्य आधार बनाएर उदय भएको पार्टी भएकाले सुशासनका बहुआयामिक पक्षमा कुनै सम्झौता नगर्ने बताए ।

उनले राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै शुसासनका विषयमा पार्टी सधै सरकारको साथमा रहने बताए ।

प्रकाशित : 15 November, 2026

प्रतिक्रिया दिनुहोस्