एमालेको राष्ट्रिय भेला समापनलगत्तै केन्द्रीय कमिटी बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३, काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी एमालेको राष्ट्रिय भेला जारी छ । आज दोस्रो दिन भेला बिहान ८ बजेदेखि नै सुरु गरेर चाँडै समापनसँगै केन्द्रीय कमिटी बैठकको तयारी छ ।

पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार, आज पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने तालिका छ । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’का विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने तालिका छ ।

भेलामा समसामयिक प्रस्ताव पारित हुने छ । दिवा भोजनपछि राष्ट्रिय भेला समापन गरिने भएको छ । आजै दिउँसो ३ बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तालिका छ।

प्रकाशित : 19 November, 2026

प्रतिक्रिया दिनुहोस्