दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३, दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

लमही नगरपालिका-९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको उक्त बस अनियन्त्रित भई पल्टिँदा १४ जना घाइते भएको दाङका डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार बसमा चालक र सहचालक सहित ५३ जना सवार थिए ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 19 November, 2026

प्रतिक्रिया दिनुहोस्