एन्फामाथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको जानकारी दिइएको छ।

राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन र प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ। प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी फुकुवा गरिएको हो।

एन्फाले गत अप्रिल ५ (चैत २३) मा पत्रमार्फत निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ।

निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालय तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ ९एएफसी० लाई समेत जानकारी गराइएको छ।

प्रकाशित : 19 November, 2026

प्रतिक्रिया दिनुहोस्