धादिङमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ घाइते

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४, धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गाडीमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ निवासी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित : 20 November, 2026

प्रतिक्रिया दिनुहोस्