सेयर बजार ७.३८ अंक घट्यो
सहयात्रा टिभी
काठमाडौं । मंसिर ४, शुक्रबार सेयर बजार ७.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३. ६२ अंक बढेको थियो।

आज ८९ कम्पनीको मूल्य बढेको छ भने १८१ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८८ करोडको भयो ।
बैंकिङ समूह ०.४० प्रतिशत बढ्यो भने अरु सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.३९ प्रतिशत घट्यो ।
त्यस्तै पाल्पा सिमेन्टको ६.५५, स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१, त्रिशूली जलविद्युतको ३.२४ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, स्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स, घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे ।
