मधेशका मुख्यमन्त्री यादवले आज शपथ लिदै
सहयात्रा टिभी
काठमाडौं । मंसिर ६, मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री एवं जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले आज बिहान ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई शपथ गराउने कार्यक्रम तय भएको छ । यादवले दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्न लागेका हुन् । संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् ।
