चोरी भएको माइक्रोबससहित बाफलबाट दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । मंसिर ६, काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक पार्किङ गरेर राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस हराएको सूचनापछि प्रहरीले खोजी थालेको थियो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंसिर २ गते कलंकीबाट चोरी भएको उक्त माइक्रोबस फेला पारेको थियो ।

त्यसपछि चोरीमा संलग्न रहेको आरोपमा शनिबार बिहान १०ः३० बजे स्वयम्भूस्थित बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा छन् ।

उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : 22 November, 2026

प्रतिक्रिया दिनुहोस्