तीन महिनापछि बागमती प्रदेशसभा १९औँ बैठक बस्ने
सहयात्रा टिभी
काठमाडौं । मंसिर ९, बागमती प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक बस्ने भएको छ ।

गत ९ भदौमा मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिएपछि प्रदेशसभा बैठक बसेको थिएन ।
प्रदेशसभा सचिवालयका अनुसार सूचना बैठक १५ मंसिर दिउँसो १ बजे बस्ने जानकारी दिएको हो ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान गरेकी हुन् ।
