नेपाली तथा विदेशी मुद्रासहित काठमाडौँबाट दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । मंसिर १०, ठूलो परिमाणमा स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित काठमाडौँबाट दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसरका काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो।

उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित : 26 November, 2026

प्रतिक्रिया दिनुहोस्