आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागे पनि अधिकांश क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ।

आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। महाशाखाका अनुसार शनिबार बिहान काठमाडौँ उपत्यका र खोँचसहित तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

प्रकाशित : 27 November, 2026

प्रतिक्रिया दिनुहोस्