पूर्व मुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
सहयात्रा टिभी
काठमाडौं । मंसिर ११, काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शुक्रबार अदालतमा पेस गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति प्रदान गरिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए ।
अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत आज अदालतमा पेस गरेको थियो ।
मलेसियाको वैदेशिक रोजगारीका लागि जाने श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।
भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ गरिसकेको छ ।
