केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

सहयात्रा टिभी

काठमाडौं । मंसिर १२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित : 28 November, 2026

प्रतिक्रिया दिनुहोस्