दशौँ राष्ट्रिय खेलकुद : आज आठ खेलमा प्रतिस्पर्धा हुँदै
सहयात्रा टिभी
काठमाडौं । मंसिर १३, कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आठ खेल हुँदैछन् । आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिस प्रतियोगिता हुनेछन् ।

खेल तालिका अनुसार टेनिस प्रतियोगिता बर्दियामा हुनेछ भने अन्य सात खेल सुर्खेतमै सञ्चालन हुनेछन् । महिला क्रिकेट र महिला बास्केटबल वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछन् भने पुरुष क्रिकेट कालुञ्चोक मैदानमा र पुरुष फुटबल सेनाको राजदल गणमा सञ्चालन हुनेछ ।
यसैगरी, बक्सिङ मुख्य कभर्डहल, जिम्न्यास्टिक मिनी कभर्डहल र फुलकन्ट्याक्ट कराते ब्याडमिन्टन कभर्डहलमा हुनेछ । प्रतियोगिता अन्तर्गत मंसिर ८ गतेदेखि विभिन्न खेल अनौपचारिक रूपमा सञ्चालन भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने तयारी रहेको छ ।
