कोशी प्रदेश सरकारले आजै बजेट सार्वजनिक गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । जेठ ३२, कोशी प्रदेश सरकारले आज बजेटका लागी अध्यादेश जारी गर्ने जनाएको छ ।

कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेका छन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार आजै बजेट सार्वजनिक गर्ने तयारी गर्ने जनाएको छ ।

माओवादी केन्द्रको समर्थन फिर्तापछि अल्पमतमा परेको सरकारको नीति तथा कार्यक्रम बुधबार मात्र प्रदेशसभामा पेश भएको थियो । तर साँझ अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।

 

प्रकाशित : 15 June, 2023

प्रतिक्रिया दिनुहोस्