सिंचाइ राज्यमन्त्रीमाथि बम प्रहार

सहयात्रा टिभी

काठमाण्डौं । सिंचाई राज्यमन्त्री एवम् कांग्रेस रोल्पाका उम्मेद्वार अमरसिंह पुनमाथि बिहीबार बम प्रहार भएको छ । रोल्पाको स्वर्णवती गाउँपालिका–१, बाद्रिवनमा बिहीबार दिउँसो उनीमाथि बम प्रहार गरिएको जनाइएको ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले बम प्रहारको पुष्टि गरेको छ । तर उनलाई केही नभएको प्रहरीले जनाएको छ । उनीमाथि सुत्ली बम प्रहार भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्