पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दीका कारण परीक्षा अनिश्चित

काठमाडौं । जेठ ३२, सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ ।
२८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण ३२ जेठबाट हुने इन्जिनियरिङ, ३ असारबाट हुने साइन्स एण्ड टेक्नोलोजी, ८ असारबाट हुने मेडिकल शिक्षा र १० असारबाट हुने व्यवस्थापन संकायको परीक्षा अनिश्चित भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको बताएको छ । परीक्षा नियन्त्रक बालेन्दु हमालले तालाबन्दीका कारण सञ्चालनमा रहेका बाहेक अन्य परीक्षा अन्योलमा रहेको बताए ।