‘भैरे’ मा दयाहाङ्ग

सहयात्रा टिभी

नायक दयाहाङ राईको मुख्य भूमिका रहने गरी फिल्म ‘भैरे’ निर्माण हुने भएको छ ।  मंसिर ४ गतेदेखि छाँयाङ्कनको काम शुरुगर्ने गरी बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ ।

नेपालय सिनेमा इन्टरनेशनलको प्रस्तुतिमा बन्न लागेको फिल्ममा एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहने छ । ‘भैरे’ मा दयाहाङ राईसँगै सुरक्षा पन्त, वर्षा शिवाकोटी, सुनिल थापा, विक्रान्त बस्नेत, वुद्धि तामाङ, अनुभव रेग्मी, जाहन्वी बोहोरालगायतको अभिनय रहने छ ।   फिल्मका कार्यकारी निर्माता देवीमाया अधिकारी हुन् भने प्रेमप्रसाद पौडेल फिल्मका निर्माता हुन् ।

फिल्ममा यम बराल, लेखबहादुर गुरुङ (डेनिम) र रघु पुरी फिल्मका सहनिर्माताका रुपमा छन् । फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन तथा सूर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहने छ । ४० दिनमा छाँयाङ्कन सकिने ‘भैरे’ लाई पुरुषोत्तम प्रधानले खिच्ने छन् । फिल्ममा बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालको संगीत रहने जनाइएको छ ।

प्रकाशित : 16 November, 2017

प्रतिक्रिया दिनुहोस्